VidRise makes YouTube stand out on social feeds!

About Video - Mani-Trust Kalimpong has organised environmental public awareness & Plantation programme in Jaygoan कालेबुङको सामाजिक संस्था मणि ट्रस्टले अहिलेघरि दार्जीलिङ पहाडमा मात्र नभएर डुवर्समा पनि सामाजिक कार्यलाई अघि बढाइरहेको छ। पर्यावरण दिवसको अवसर पारेर महिनाव्यापी कार्यक्रम गरिरहेको मणि ट्रस्टले आज जयगाउँको सन्त एन्थोनी स्कूलमा पर्यावरण जनचेतना कार्यक्रम एवं बिरूवा रोपण कार्यक्रम आयोजना गऱ्यो। कार्यक्रममा ट्रस्टका प्रतिनिधिहरूद्वारा विद्यार्थीहरूलाई पर्यावरणबारे जानकारी दिँदै विभिन्न प्रजातिका लगभग 150 वटा बिरूवाहरू प्रदान गरियो। यस अवसरमा ट्रस्टका चियरमेन सुवास एम. सिंह, डुवर्सका ट्रस्टी स्वपन डे, दिनेश सापटोका, सिलगढीका ट्रस्टी उत्पल कुमार राय, स्कूलकी सुपिरियर सिस्टर रोज कोर्कित, प्राचार्य सिस्टर मार्गेट फर्नान्डिस, स्कूलका शिक्षणकर्मी साथै विद्यार्थीहरूको उपस्थिति थियो।Mani-Trust Kalimpong has organised environmental public awareness & Plantation programme at St, Anthony's School in Jaygoan.