VidRise makes YouTube stand out on social feeds!

About Video - GNLF kalimpong refused to accept that 50 numbers of family from GNLF joined GJMM from bhalukhop गत केही दिन अघी 34 नम्बर होम्स्-भालुखोप समष्टिका 50 परिवारले गोरामुमो त्यागेर गोजमुमोलाई समर्थन जनाएको खबर प्राप्त भएको थियो। 34 नम्बर समष्टि अन्तर्गत होम्स् स्थित सार्वाजिक भवनमा सम्पन्न गोजमुमोको एक बैठकमा गोरामुमोका 50 परिवारले गोजमुमोलाई समर्थन जनाइएको दावी गरिएको थियो। उक्त सभामा क्षेत्रको विकास गर्नका निम्ति गोरामुमो त्यागेर गोजमुमोमा सामेल बनेको स्थानिय हारून शङ्करले बताएका थिए भने उक्त कुराको आज गोरामुमो पार्टीले खन्डन गरेका छन्। आज एक पत्रकार सम्मेलन डाकी गोरामुमो छिबो-होम्स् ब्रान्च चिफ कन्भेनर रविन थपाले गोरामुमो त्यागेर गोजमुमोमा सामेल भएको उक्त खबर झुटो रहेको बताएका छन्। उनले भने, उक्त दिन गोजमुमोलाई समर्थन जनाउने मध्ये कोही पनि गोरामुमोको थिएनन्। गोरामुमोमा रहेकाहरूकोमा गोरामुमोको सदस्यता रिसिप्ट हुने गर्छ। उनीहरूकोमा त्यो छैन। छ भने देखाउन्। यसरी नै गोरामुमो गोर्खा जातीको उन्मुक्तिको निम्ति आएको बताउँदै गोरामुमोले हाल व्यापक जनसमर्थन पाइरहेको गोरायुमो कालेबुङ ब्रान्च अध्यक्ष सन्तोष राईले बताए। सोही जसमर्थनलाई हेरेर गोजमुमोले उक्त झुटो बयानबाजी गरेको हुनसक्ने शङ्का राईले जाहेर गरे। यसरी नै पत्रकार सम्मेलनमा होम्स् समष्टि संयोजक मधुकर राई, महाकाल डाँडा भालुखोप समष्टि कन्भेनर भिम प्रधान आदि उपस्थित रहेका थिए।